Leviticus 25:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी तिमीहरूले पचासौँ वर्ष अलग छुट्ट्याउनू र सबै देशबासीहरूलाई स्‍वतन्‍त्रताको घोषणा गरिदिनू। त्‍यस वर्ष बिक्री भएका सारा सम्‍पत्तिहरू तिनका पहिलेका मालिकहरू वा तिनका सन्‍तानलाई फर्काइदिनू। अनि कमारा बनाएर बेचिएको जो छ, त्‍यो आफ्‍नो परिवारमा फर्की जाओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पचासौँ वर्षलाई पवित्र मान्‍नू, र सारा देशका बासिन्‍दाहरूलाई स्‍वतन्‍त्रताको घोषणा गर्नू। त्‍यो तिमीहरूका लागि पुनर्स्‍थापनको वर्ष होस्, र हरेक मानिस आफ्‍नो जग्‍गाजमिन र आफ्‍नो परिवारमा फर्कोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पचासौँ वर्षलाई पवित्र मानेर देशभरिका बासिन्दाहरूलाई स्वतन्त्रताको घोषणा गर्नू। यो तिमीहरूका निम्ति उत्सव वर्ष हुनेछ। प्रत्येक आफ्नो पैतृक सम्पत्तितिर र आफ्नो परिवारमा फर्किजान सक्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले पचासौं वर्षलाई विशेष वर्ष रूपमा मनाउनेछौ अनि सारा देशका सबै मानिसहरूको निम्ति स्वतन्त्रताको घोषणा गर्नेछौ, जसलाई जयन्ती उत्सवको रूपमा मनाइनेछ। यस समयमा प्रत्येक मानिसले आफ्नो सम्पत्ति फिर्ता पाउनेछ। प्रत्येक सेवक आफ्नो घरमा फर्किनेछ। आफ्नो घर-जमीनमा जानेछ, आफ्नो परिवार भएकोमा फर्केर जानेछ।