Leviticus 25:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले आफ्‍ना खेतमा अन्‍न नरोप्‍नू वा आफैं उम्रेका अन्‍नबाली नबटुल्‍नू वा नछिँवलेको दाखबारीबाट अङ्‌गुर नटिप्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो पचासौँ वर्ष तिमीहरूको निम्‍ति पुनर्स्‍थापनको वर्ष हुनेछ। त्‍यो वर्ष तिमीहरूले केही नरोप्‍नू, अनि आफै उम्रेका अन्‍न-बालीहरूको कटनी नगर्नू, नछिँवलेका लहराहरूबाट दाखहरू जम्‍मा नगर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पचासौँ वर्ष तिमीहरूका निम्ति उत्सव वर्ष हुनेछ। त्यस वर्ष बिउ नछर्नू। अनि आफैँ उब्जेका फसलको कटनी नगर्नू वा हेरचाह नगरिएका अङ्‌गुरको कटनी नगर्नू।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूको निम्ति यो पचासौ वर्ष एक विशेष उत्सवको वर्ष हुनेछ। त्यति बेला कुनै पनि बीऊ नछर विजन नलगाऊ, आफैं फलेको अन्न नउठाऊ अनि नछिमोलेको दाखबाट नबटुल।