Leviticus 25:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आठौँ वर्ष जब तिमीहरूले आफ्‍ना खेतबारीमा अन्‍न लाउनेछौ, तब तिमीहरूले छैटौँ वर्षमा बटुलेको उब्‍जनी नै खाइरहेका हुनेछौ र त्‍यस वर्षमा लाएको अन्‍नबाली नबटुलुञ्‍जेलसम्‍म पुग्‍दो खानेकुरा तिमीहरूसित हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले आठौँ वर्षमा रोपाइँ गर्दा, पुरानै उब्‍जनी खाँदैरहनू। नवौँ वर्षमा बाली नलागेसम्‍म तिमीहरूले त्‍यो पुरानै अन्‍न खाँदैरहनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले आठौँ वर्षमा रोप्दा पुरानै अन्‍न खानेछौ, र नवौँ वर्षको कटनी नभएसम्म त्यसबाट खाइरहनेछौ।
Nepali ERV (पवित्र बाइबल)
जब तिमीहरू आठौं वर्ष बाली लगाउँछौ त्यस समयमा पहिलेको अन्न नै खाइरहेको हुनेछौ। नवौंवर्ष तिमीहरूको बाली पाकी सक्दा पनि तिमी त्यही पुरानो अन्न नै खाँदै गरेका हुनेछौ।