Leviticus 25:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो हो भने त्यसले आफूबाट जमिन किन्ने मानिसलाई आउँदो पुनर्स्थापनको वर्षसम्म बाँकी रहेका वर्षका निम्ति पाइने फसलको दाम बराबर धन दिनुपर्नेछ; आखिरी त्यस वर्ष त्यसले जमिन फिर्ता पाउने नै हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले त्यो बेचेको वर्षहरू गनोस्, र जसलाई बेचेको हो त्यस बाँकी वर्षका उब्जनीको दाम फर्काइदेओस्। अनि त्यो आफ्नो जमिनमा फर्कोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले आफूले बेचेको समयदेखिका वर्षहरूको मूल्य ठहराओस्। अनि जुन मानिसलाई त्यो बेचिएको छ, त्यसलाई बाँकी रकम फर्काइदेओस्; तब त्यो आफ्नो सम्पत्तितिर फर्केर जान सक्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यो जमीन किन्न उचित मूल्य तिर्न उसले बेचेको वर्षबाट किन्ने समयसम्म कति वर्ष उसले त्यस जमीनमा खेती गर्यो, त्यो गनोस्, र बाँकी रहेको वर्षहरूमा त्यस जमीनबाट कति उब्जनी हुन्छ त्यसको मूल्य तिरेर आफ्नो जमीन किनोस् तब त्यो जमीन फेरि उसको हुन्छ।