Leviticus 25:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै लेवीले त्‍यस्‍ता सहरभित्र भएको कुनै घर बेचेको छ र त्‍यो किनेर फिर्ता लिएको छैन भने, त्‍यो घर पुनर्स्‍थापनको वर्षमा उसलाई फर्काइदिनुपर्नेछ किनभने इस्राएलीहरूको बीचमा लेवीहरूका सहरभित्र भएका आफ्‍ना घरहरू तिनीहरूका स्‍थायी सम्‍पत्ति हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लेवी कुलको अधिकारमा भएका सहरहरूमा कुनै लेवीले आफैले बेचेको घर फिर्ता लिन सकेन भने पुनर्स्‍थापनको वर्षमा त्‍यो त्‍यसलाई फिर्ता गरिओस्, किनभने लेवीका सहरमा भएका घरहरूचाहिँ इस्राएलमा तिनीहरूको पैतृक-सम्‍पत्ति हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी लेवीहरूका सम्पत्ति तिनीहरूका अधीनमा भएको सहरमा भएको बेचिएको घर फिर्ता लिन सकिन्छ। अनि त्यो पचासौँ वर्षको उत्सवमा फर्काइनुपर्छ; किनकि लेवीका सहरहरूमा भएका घरहरू इस्राएलीहरू बीचमा तिनीहरूका सम्पत्ति हुन्।
Nepali ERV (पवित्र बाइबल)
लेवी शहर भित्रको लेवीहरूको घर यदि कुनै मानिसले किनेकी भए पनि महोत्सवको समयमा त्यो घर फेरि पुरानो मालिककोमा फर्केर जान्छ। किन? किनभने लेवी शहर भित्रका घरहरू लेवी परिवारहरू कै हुन्। इस्राएलीहरूले लेवीहरूलाई ती घरहरू दिएका हुन्।