Leviticus 25:55 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै इस्राएली सदाकालको निम्‍ति कमारा रहन सक्‍दैन किनभने इस्राएलका मानिस परमप्रभुका कमारा-कमारी हुन्। उहाँले तिनीहरूलाई मिश्रबाट निकाली ल्‍याउनुभयो। उहाँ परमप्रभु तिनीहरूका परमेश्‍वर हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने इस्राएलीहरू मेरै दास-दासीहरू हुन्‌। मैले नै मिश्रबाट तिनीहरूलाई निकालेर ल्‍याएको हुँ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि इस्राएलीहरू मेरा सेवकहरू हुन्। तिनीहरू मेरा सेवकहरू हुन्, जसलाई मैले इजिप्टबाट निकालेर ल्याएँ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
Nepali ERV (पवित्र बाइबल)
किन? किनभने, इस्राएलीहरूलाई मिश्र देशमा तिनीहरूको दासत्वबाट उकासेर मेरो आफ्नो दास-दासीहरू बनाउन ल्याएको हुँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।