Leviticus 26:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका अन्‍नबाली यति प्रशस्‍त हुनेछ कि त्‍यो वर्षभरि तिमीहरूलाई पर्याप्‍त हुनेछ। अनि नयाँ फसल राख्‍नलाई ठाउँ बनाउन पुरानो उब्रेको अन्‍न फ्‍याँकिदिनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले सञ्‍चय गरेर राखेको पुरानै फसलको अन्‍न खाँदाखाँदै पनि नयाँ फसलको लागि ठाउँ मिलाउन पुरानो अन्‍नचाहिँ हटाउनुपर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले बितेको वर्षको उब्जनी खाइरहेका हुँदा नै त्यसलाई पर सारेर नयाँ उब्जनीको निम्ति ठाउँ बनाउनुपर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूसँग प्रशस्त अन्न रहनेछ र तिमीहरूले नयाँ वर्षको खेती उठाउँदा पनि पुरानो वर्षको अन्न रही रहनाले त्यो पुरानो अन्न तिमीहरूले फ्याँक्नु पर्नेछ नत्र तिमीहरूकोमा नयाँ बाली उठाएर राख्ने स्थल हुने छैन।