Leviticus 26:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूका विरुद्धमा खडा हुनेछु र तिमीहरू हार्नेछौ। जसले तिमीहरूलाई घिनाउँछन् तिनीहरूले तिमीहरूमाथि राज्य गर्नेछन्। तिमीहरू यति साह्रो डराउनेछौ कि कसैले नदेखेको बेलामा पनि दगुरेर भाग्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूको विरोध गर्नेछु, र तिमीहरू शत्रुका हातबाट परास्त हुनेछौ। तिमीहरूलाई हेला गर्नेहरूले तिमीहरूमाथि प्रभुत्व गर्नेछन्, र कसैले नखेदे पनि तिमीहरू भाग्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म आफ्नो अनुहार तिमीहरूका विरुद्धमा पार्नेछु। अनि तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुनेछौ। तिमीहरूलाई घृणा गर्नेहरूले तिमीहरूमाथि शासन गर्नेछन्। कसैले नखेदे तापनि तिमीहरू भाग्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूको विरोधमा हुनेछु र तिमीहरूलाई शत्रुले परास्त गर्नेछ। ती शत्रुहरू जसले तिमीहरूलाई घृणा गर्छन् तिमीहरूमाथि शासन गर्नेछन्। तिमीहरू भागिरहने छौ यद्यपि कसैले तिमीहरूलाई खेदेको हुँदैन।