Leviticus 26:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूका बीचमा डरलाग्‍दा जनावरहरू पठाउनेछु र तिनीहरूले तिमीहरूका छोरा-छोरीहरूलाई मार्नेछन् र तिमीहरूका गाई-वस्‍तुहरू नाश पार्नेछन्। तिमीहरूको सङ्‍ख्‍या यति कम हुनेछ कि बाटाहरू रित्तो हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूका बीचमा जङ्गली जनावरहरू पठाइदिनेछु, जसले तिमीहरूका नानीहरूलाई खाइदिनेछन्, र तिमीहरूका गाईबस्‍तुहरूलाई नाश गर्नेछन्, अनि तिमीहरूको संख्‍या यति थोरै बनाउनेछन्‌ कि तिमीहरूका बाटो सूनसान हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूका विरुद्धमा जङ्गली जनावरहरू पठाइदिनेछु; जसले तिमीहरूका सन्तानलाई खानेछन्। अनि तिमीहरूका गाईबस्तुहरूलाई सखाप पार्नेछन्। तिमीहरूको संख्या यति थोरै पार्नेछन् कि तिमीहरूका बाटा सुनसान हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरू विरूद्ध जंगली जनावरहरू पठाउनेछु अनि तिनीहरूलाई तिमीहरूका नानीहरू लैजानेछन्। तिनीहरूले तिमीहरूको पशुहरू मार्नेछन् अनि तिमीहरूका धेरै मानिसहरू मारिनेछन् र बाटाहरू खाली हुनेछन्।