Leviticus 26:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा बीचको करार तोडिएको कारणले म दण्‍ड दिन तिमीहरूकहाँ लडाइँहरू ल्‍याउनेछु। तिमीहरू सुरक्षाको लागि आफ्‍ना सहरहरूमा जम्‍मा भयौ भने म तिमीहरूका बीचमा निको पार्न नसकिने रोगहरू पठाउनेछु। आफ्‍ना शत्रुहरूका अघि हार मान्‍न तिमीहरूलाई कर लाग्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूमाथि युद्धहरू ल्‍याउनेछु, र मेरो करार भङ्ग गरेको बदला म चुकाउनेछु। तिमीहरू आ-आफ्‍नो सहरमा जम्‍मा हुनेछौ, म त्‍यहाँ पनि तिमीहरूका बीचमा रूढ़ी पठाउनेछु, अनि तिमीहरू आफ्‍ना शत्रुहरूका हातमा पर्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूमाथि तरवार ल्याउनेछु, र मेरो करार भङ्ग गरेको बदला लिनेछु। जब तिमीहरू आ-आफ्ना सहरमा जम्मा हुनेछौ, म त्यहाँ तिमीहरूका बीचमा महामारी पठाउनेछु। अनि तिमीहरू आफ्ना शत्रुहरूका हातमा पर्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले मेरो करार भंङ्ग गर्यौ, यसर्थ म तिमीहरूलाई दण्ड दिन तिमीहरूको विरूद्ध शुत्रहरू ल्याउनेछु। तिमीहरू बचाऊको निम्ति आफ्नो शहरभित्र जानेछौ तर म त्यहाँ रोगहरू फैलाइदिनेछु अनि तिमीहरूका शत्रुहरूले तिमीहरूलाई जित्ने छन्।