Leviticus 26:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
डाँडामा भएका तिमीहरूका आराधना-स्‍थलहरू नाश पार्नेछु, धूपवेदीहरू भत्‍काई ढालिदिनेछु र तिमीहरूका लाश ती लडेका मूर्तिहरूमाथि फ्‍याँकिदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूका डाँड़ाका थानहरू नाश गर्नेछु, म तिमीहरूका धूपका वेदीहरू भत्‍काउनेछु, र तिमीहरूका लाशहरू आफ्‍ना मृत मूर्तिहरूमाथि फालिदिनेछु, र म तिमीहरूलाई तिरस्‍कार गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूका अग्ला देवस्थानहरू भत्काउनेछु। तिमीहरूका धूपका वेदीहरू ढालिदिनेछु; अनि तिमीहरूका मृत शरीरलाई तिमीहरूका निर्जीव मूर्तिहरूमाथि थुप्रो लगाइदिनेछु। अनि म तिमीहरूलाई अति घृणा गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूको पूजा गर्ने अग्ला स्थलहरू ध्वंश पारि दिनेछु अनि धूपका वेदीहरू भत्काइदिनेछु। म तिमीहरूको लाशहरूलाई तिमीहरूको मूर्तिहरूमाथि लडाइदिने छु। तिमीहरू मबाट एक्दमै घिनलाग्दो भएका छौ।