Leviticus 26:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरूमध्‍ये कैदी भएर जानेहरूलाई म यति भयभित तुल्‍याउनेछु कि पात उडेको आवाज सुन्‍दा पनि तिनीहरू भाग्‍नेछन्। लडाइँमा खेदिएका झैँ तिमीहरू भाग्‍नेछौ र शत्रु छेउमा नहुँदा पनि तिमीहरू भुइँमा लड्‍नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘शत्रुको देशमा हुने बाँकी मानिसको हृदय म यति कमजोर पारिदिनेछु कि पात खसेको आवाज सुन्‍दा पनि तिनीहरू शत्रुले खेदेझैँ भाग्‍नेछन्‌ र विनाकारण लोट्‌नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तिमीहरूमध्ये शत्रुको देशमा छोडिएका मानिसको हृदय म यति कमजोर पारिदिनेछु कि पात खसेको आवाज सुन्दा समेत तिनीहरू शत्रुबाट खेदिएझैँ भाग्नेछन्। शत्रुहरूका तरवारबाट भागेझैँ तिनीहरू भाग्नेछन्। कसैले नखेदे तापनि तिनीहरू लोट्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
बाँचेकाहरूले पनि शत्रुको जमीनमा बस्न साहस पाउनेछैन। तिनीहरू प्रत्येक चीजसँग भयभीत रहनेछन् अनि हावाले उढाएको पत्कर झैं यता र उता भागिरहने छन्। तिनीहरू कसैले पछिबाट लखेटे झैं भागिरहने छन् र लड्ने छन्।