Leviticus 26:37 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले नखेदेको बेलामा पनि तिमीहरू आपसमा ठोकिएर एक अर्कोमाथि लड्नेछौ र आफ्ना शत्रुका विरुद्धमा लडाइँ गर्न सक्नेछैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसैले नखेद्दा पनि तरवारदेखि भागेझैँ तिनीहरू भाग्नेछन् र एक-अर्कामाथि ठक्कर खाँदै लोट्नेछन्। यसकारण तिमीहरूका शत्रुहरूका सामुन्ने खड़ा हुन सक्नेछैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कसैले नखेदे तापनि तिनीहरू तरवारदेखि भागेझैँ एक-अर्कामाथि ठक्कर खाएर लोट्नेछन्। यसरी तिमीहरू आफ्ना शत्रुहरूका सामु खडा हुन सक्नेछैनौ।
Nepali ERV (पवित्र बाइबल)
कसैले नखेदे पनि तिनीहरू कसैले तरवारलिएर खेदे झैं भागेर एकअर्कामा ठोकिंदै लड्नेछन्। “तिमीहरू शत्रुहरूको सामुन्ने उभिने साहस पाउने छैनौ।