Leviticus 27:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र भाकल गर्ने मानिसले त्यसको सट्टामा अर्को पशु दिन पाउनेछैन। त्यसले त्यसो गर्यो भने दुवै पशुहरू परमप्रभुका हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले असलको निम्ति कमसल पशु वा कमसलको निम्ति असल साट्नुहुँदैन। त्यसले पशुको सट्टा पशु नै साट्छ भने साटेका दुवै पशु पवित्र हुन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले असलको साटो खराब अथवा खराबको साटो असल गरी त्यसलाई नसाटून्। यदि तिनीहरूले एउटा पशुको साटो अर्को दिन चाहन्छन् भने ती दुवै पशु पवित्र हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
जुन पशु उसले परमप्रभुलाई चढाउने प्रतिज्ञा गरेको थियो, उसले त्यो पशु अर्को पशुसित साट्नुहुँदैन। राम्रो पशुसित नराम्रो अथवा नराम्रोसँग राम्रो पशु साट्नु हुँदैन। यदि कुनै मानिसले त्यसो गर्छ भने ती दुवै पशुहरू पवित्र हुनेछन् र ती दुबै परमप्रभुको हुनेछन्।