Leviticus 27:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीले त्‍यस पशुको गुण वा अवगुणअनुसार त्‍यसको मूल्‍य तोकिदेओस् र त्‍यसरी तोकिएको मूल्‍य पक्‍का हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
असल भए पनि कमसल भए पनि पूजाहारीले त्‍यसको मोल तोकून्‌। अनि पूजाहारीले जे दाम तोक्‍छन्‌ त्‍यहीबमोजिम हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीले त्यो असल छ कि खराब छ भनी जाँच गर्नेछ। त्यसपछि पुजारीले जति मोल तोक्नेछ, त्यसको मोल त्यति नै हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यो पशु चाहे राम्रो होस् अथवा नराम्रो केही भिन्नता हुँदैन तर दाम पूजाहारीले तोक्नेछ। पूजाहारीले दाम तोकेपछि त्यो पशुको दाम त्यही रहनेछ।