Leviticus 27:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले अर्पण गरिएको घर किनेर फिर्ता लिन चाहन्छ भने त्यसले घरको मूल्य साथै अर्को पाँचौँ भाग बढ्ता मोल तिर्नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अर्पण गर्नेले मोल तिरेर त्यो छुटाउने इच्छा गर्छ भने, तोकेको मोलमा अझै पाँचौँ भाग थपेर त्यसले देओस्, र त्यो घर त्यही मानिसको हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि आफ्नो घर अर्पण गर्ने मानिसले त्यसलाई छुटाउन चाहन्छ भने त्यसले त्यसमा तोकेको मोलको पाँचौँ भाग थप्नुपर्छ, र त्यो घर फेरि त्यसको हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यदि त्यस मानिसले त्यो घर फेरि फर्काउन खोजे उसले तोकेको दाममा अझ पाँचौं अशं थप्नुपर्छ र त्यो घर फेरि उसैको हुनेछ।