Leviticus 27:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्‍योभन्दा पछि जमिन अर्पण गर्छ भने अर्को पुनर्स्‍थापनको वर्ष आइपुग्‍न कति बाँकी छ, त्‍यो हिसाब गरेर, पूजाहारीले त्‍यस जमिनको मूल्‍य कम गरेर तोकिदेओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यसले आफ्‍नो जमिन पुनर्स्‍थापनको वर्षपछि अर्पण गर्ने हो भने, पुनर्स्‍थापनको वर्ष आउनलाई कति बाँकी छ पूजाहारीले हिसाब गरून्, र तोकेको मोल त्‍यसबाट घटाएर त्‍यसले देओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि त्यसले आफ्नो जमिन पचासौँ वर्षको उत्सवपछि अर्पण गर्छ भने अर्को पचासौँ वर्षको उत्सव आइपुग्न जति वर्षहरू बाँकी छन्, त्यो पुजारीले हिसाब गर्नुपर्छ। अनि तोकिएको मोल कम हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तर यदि त्यस दाताले उत्सवपछि जमीन दान गर्छ भने त्यसको दाम पूजाहारीले हिसाब गरेर पक्का दाम तोक्नुपर्छ। अर्को महोत्सव वर्षसम्म कति वर्ष बाँकी रहन्छ त्यही प्रकारले उसले मूल्य तोक्नुपर्छ।