Leviticus 27:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि त्‍यसले जमिन परमप्रभुबाट मूल्‍य दिएर फिर्ता नलिई अर्कालाई बेचिदिन्‍छ भने त्‍यसले त्‍यो किनेर फिर्ता लिने अधिकार गुमाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यसले त्‍यो जमिन मोल तिरेर छुटाउँदैन भने वा त्‍यसले अर्को मानिसलाई त्‍यो खेत बेचेको छ भने, त्‍यसले दाम तिरेर त्‍यो कहिले पनि छुटाउन सक्‍नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि त्यसले त्यस जमिनलाई छुटाउँदैन भने अथवा त्यसले त्यो कसैलाई बेचिसकेको छ भने त्यो कहिल्यै पनि छुटाउन सक्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
यदि त्यस दाताले मूल्य चुकाएर आफ्नो जमीन फर्काएन भने त्यो जमीन पूजाहारीको हुन्छ। तर यदि त्यो जमीन अरू कसैले किने फेरि दामाले फर्काउन सक्तैन।