Leviticus 27:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीले आउँदो प्रायश्‍चितको वर्ष आउन कति बाँकी छ, त्‍यो हिसाब गरेर त्‍यसको मूल्‍य तोकोस् र त्‍यही दिन त्‍यस मानिसले मूल्‍य चुक्‍ता गर्नुपर्नेछ। त्‍यो धन परमप्रभुको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूजाहारीले पुनर्स्‍थापनका वर्षको हिसाब गरेर त्‍यसको जति मोल तोक्‍छन्‌ त्‍यसले परमप्रभुको निम्‍ति पवित्र ठानेर त्‍यसै दिन देओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीले पचासौँ वर्षको उत्सवको हिसाब गरेर त्यसको जति मोल तोक्छन्, त्यसले याहवेहका निम्ति पवित्र ठानेर त्यही दिन देओस्।
Nepali ERV (पवित्र बाइबल)
तब पूजाहारीले त्यो वर्षदेखि महोत्सव वर्षसम्म रहेको वर्षको हिसाबले जमीनको दाम तोकोस्, तब त्यो जमीन परमप्रभुको हुनेछ।