Leviticus 27:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुलाई बिनाशर्त अर्पण गरिएको मानिस वा पशु वा जमिन अर्पण गर्नेले त्‍यसलाई बिक्री गर्नु वा किनी फिर्ता लिन पाउनेछैन। त्‍यो सदाकालको निम्‍ति परमप्रभुको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तर परमप्रभुको निम्‍ति अर्पण गरेको मानिस, पशु वा आफ्‍नो जग्‍गाजमिन बिक्री गर्न सकिँदैन र छुटाउन पनि सकिँदैन। अर्पण गरिएको हरेक कुरो परमप्रभुको निम्‍ति अति पवित्र हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तर कसैले पनि आफूसित भएको आफ्नै कुरा, चाहे त्यो मानिस होस्, अथवा पशु अथवा परिवारको जमिन होस्, त्यो याहवेहकहाँ अर्पण गरिएको छ भने त्यसलाई नबेचियोस्, अथवा नछुटाइयोस्। यसरी अर्पण गरिएका प्रत्येक कुरा याहवेहकहाँ अति पवित्र हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
“मानिसहरूले परमप्रभुलाई विशेष उपहारहरू चढाउँछन् र यी उपहारहरू परमप्रभुको हुनेछन्। अनि किन-बेच गर्न सकिंदैन। पारिवारिक सम्पत्तिका यी उपहारहरू मानिस, पशु, जमीन अनि कुनै वस्तु हुन सक्छन्।