Leviticus 27:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[3-7] त्‍यसलाई तोकिएको मोलअनुसार तलका दाम तिरेर छुटकारा दिन सकिन्‍छ: बीसदेखि साठी वर्षसम्‍म उमेर पुगेको पुरुषको निम्‍ति: चाँदीका पचास टुक्रा उमेर पुगेकी स्‍त्रीको निम्‍ति: चाँदीका तीस टुक्रा पाँचदेखि बीस वर्षसम्‍म उमेर भएको पुरुषको निम्‍ति: चाँदीका बीस टुक्रा ठिटीको निम्‍ति: चाँदीका दश टुक्रा पाँच वर्षभन्दा कम उमेर भएको बालकको निम्‍ति: चाँदीका पाँच टुक्रा सानी बालिकाको निम्‍ति: चाँदीका तीन टुक्रा साठी वर्षभन्दा वृद्ध पुरुषको निम्‍ति: चाँदीका पन्‍ध्र टुक्रा साठी वर्षभन्दा वृद्धा स्‍त्रीको निम्‍ति: चाँदीका दश टुक्रा।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बीसदेखि साठी वर्षसम्‍मको पुरुषलाई पवित्रस्‍थानका शेकेलबमोजिम चाँदीका पचास शेकेल तोकिदिनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बीस वर्षदेखि साठी वर्षसम्मका पुरुषको पवित्रस्थानको शेकेल बमोजिम चाँदीका पचास शेकेल तोक्नू।
Nepali ERV (पवित्र बाइबल)
बीस वर्ष देखि साठ्ठी वर्ष बीच मानिसको मोल चाँदीको पचास शेकेल हुन्छ। तिमी चाँदीका लागि अधिकारिक नाप प्रयोग गर्नुपर्छ।