Leviticus 27:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पशुधनीले पशुहरूलाई पङ्ति मिलाएर नराखोस् नत्र कमजोरचाहिँ छानिनेछ। अनि पशुधनीले तीमध्‍ये साट्‍न पाउनेछैन; त्‍यसले एउटाको सट्टामा अर्को पशु साट्यो भने दुवै पशुहरू परमप्रभुका हुनेछन् र ती किनी फिर्ता लिन पाइनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
असल वा कमसल पशु त्‍यसले नछुटाओस्‌ र नसाटोस्‌। साट्‌ने नै हो भने, साटेको दुवै पशु पवित्र हुनेछन्, र मोल तिरेर तिनीहरूको छुटकारा हुन सक्‍नेछैन’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कसैले असललाई खराबीबाट नछुटाओस्, अथवा साटासाट नगरोस्। यदि साट्यो भने त्यो पशु र साट्ने पशु दुवै पवित्र हुन्छन्, ती नछुटाइयोस्।’ ”
Nepali ERV (पवित्र बाइबल)
त्यो छानिएको पशु असल हो अथवा होइन त्यस विषयमा त्यसको मालिकले चिन्ता गर्ने काम छैन। उसले त्यो पशु अर्को एउटासँग साट्न सक्तैन, यसो गरे ती दुइटै पशुहरू परमप्रभुका हुन्छन्। त्यो पशु किनेर फर्काउन सकिंदैन।”