Leviticus 3:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीले यी सबै होमबलिसित वेदीमा जलाउनेछ। यस मेलबलिको मीठो बास्‍नाले परमप्रभुलाई खुसी पार्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब हारूनका छोराहरूले त्‍यसलाई वेदीमा आगोको दाउरामाथि भएको होमबलिमा जलाऊन्‌। यो परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि हारूनका छोराहरूले त्यसलाई वेदीमा होमबलिमाथि बल्दैगरेको दाउरामाथि जलाओस्। यो याहवेहलाई मनपर्ने बास्‍नाको अग्निबलि हो।
Nepali ERV (पवित्र बाइबल)
तब हारूनका छोराहरूले वेदीको आगोमाथि बोसो होमबलिसित यो जलाओस्। आगोद्वारा चढाइएको यो परमप्रभुको निम्ति सुगन्धित बलि हो।