Leviticus 4:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका अगुवाहरूले त्यसको टाउकोमा आफ्ना हात राखून् र त्यहाँ त्यसलाई मारून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समुदायका धर्म-गुरुहरूले साँढ़ेको टाउकोमाथि आ-आफ्ना हात परमप्रभुको सामु राखून्। त्यो साँढ़े परमप्रभुको सामु मारिओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
समुदायका प्रधानहरूले याहवेहको सामु बाछाको शिरमाथि आफ्ना हातहरू राखेपछि त्यो बाछा याहवेहको सामु मारियोस्।
Nepali ERV (पवित्र बाइबल)
अनि समुदायको मुखियाहरूले साँढेको टाउकोमाथि आफ्नो हात राख्नु पर्छ अनि त्यसलाई परमप्रभुकोअघि मार्नु पर्छ।