Leviticus 4:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि साँढेलाई छाउनीबाहिर लैजाओस् र उसले आफ्नो पापको निम्ति बलि गरेको साँढेलाई जस्तै त्यसलाई पनि जलाओस्। यस बलिले सारा समाजको पाप काट्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले त्यस साँढ़ेलाई छाउनीबाहिर लगेर पहिलालाई जलाएझैँ जलाऊन्। यो समुदायको निम्ति पापबलि हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि त्यसले बाछालाई छाउनीको बाहिर लैजाओस्, र त्यसलाई पहिलो बाछालाई जस्तै जलाओस्। यो समुदायका निम्ति पाप शुद्धीकरण बलि हो।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीले साँढेलाई पालको बाहिर ल्याउँनुपर्छ अनि यसलाई जलाउनुपर्छ जस्तो उसले पहिलो साँढेलाई गरेको थियो। सम्पूर्ण समुदायकालागि पापबलि हुनेछ।