Leviticus 4:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि त्‍यसको जम्‍मै बोसो, मेलबलिमा चढाइएको पशुको बोसो जलाएझैँ वेदीमाथि जलाओस्। त्‍यसरी पूजाहारीले शासकको पापको निम्‍ति बलि चढाउनेछ र त्‍यसले क्षमा पाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको सबै बोसो पनि मेलबलिको बोसोझैँ वेदीमा तिनले जलाऊन्‌। यसरी पूजाहारीले ती मानिसको पापको लागि प्रायश्‍चित गर्नेछन्, र तिनलाई क्षमा हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले सबै बोसो आफूले मेलबलिलाई गरेझैँ वेदीमाथि जलाओस्। यसरी पुजारीले त्यस मानिसको पापको प्रायश्‍चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ।
Nepali ERV (पवित्र बाइबल)
उसले पाठोको सबै बोसो बलिदान वेदीमा त्यसरी नै जलाउनु पर्छ जसरी मेलबलिको बोसो उसले जलाएको थियो। यस प्रकारले, उसले गरेको पापको निम्ति पूजाहारीले प्रायश्चित गर्नेछ अनि परमेश्वरले उसलाई क्षमा दिनुहुनेछ।