Leviticus 4:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले त्यसको टाउकोमा हात राखोस् र वेदीको उत्तरपट्टि, जहाँ होमबलिका पशुहरू काटिन्छन्, त्यहाँ त्यसलाई काटोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले पापबलिको टाउकोमा आफ्नो हात राखोस्, र जहाँ होमबलिको पशु मारिन्छ, त्यहीँ नै पापबलिको निम्ति त्यसलाई मारोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको शिरमाथि त्यसले आफ्नो हात राखोस् र त्यसलाई पाप शुद्धीकरण बलिको रूपमा होमबलि मारिने ठाउँमा मारोस्।
Nepali ERV (पवित्र बाइबल)
उसले पापबलिको टाउकोमा आफ्नो हात राख्नु पर्छ अनि यसलाई त्यस ठाउँमा मार्नु पर्छ जहाँ होमबलिकालागि बलिदान गरिन्छ।
Recommended Reading