Leviticus 4:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब त्यसको जम्मै बोसो मेलबलिमा चढाइएको पशुको बोसो लिएझैँ त्यसले लेओस् र त्यसलाई परमप्रभुलाई चढाएको अन्नबलिसँगै वेदीमाथि जलाओस्। यसरी पूजाहारीले त्यस मानिसको पापको निम्ति बलि चढाउनेछ र त्यसले क्षमा पाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको सबै बोसो मेलबलिका पाठाको बोसोझैँ त्यसले झिकोस्, र पूजाहारीले त्यो परमप्रभुको निम्ति अग्नि-होममाथि वेदीमा जलाऊन्। यसरी त्यसले गरेको पापको निम्ति पूजाहारीले त्यसको निम्ति प्रायश्चित गर्नेछन्, र त्यसलाई क्षमा हुनेछ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेलबलिको भेडाको पाठोबाट बोसो निकालेझैँ त्यसले सबै बोसो झिकोस्। अनि पुजारीले त्यसलाई याहवेहलाई होमबलिको रूपमा चढाइने बलिको रूपमा वेदीमाथिको टुप्पोमा जलाओस्। यस किसिमले पुजारीले त्यसको लागि त्यसले गरेको पापको प्रायश्चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ।
Nepali ERV (पवित्र बाइबल)
तब उसले मेलबलि सम्पन्न गरिको थियो, पूजाहारीले पाठोबाट निकाल्नु पर्छ अनि परमप्रभुका लागि भेटीको रूपमा यसलाई जलाउँछ। यसरी पूजाहारीद्वारा त्यस मानिसको प्रायश्चित उसको पापको लागि सम्पन्न हुन्छ अनि त्यो मानिस पाप मुक्त हुनेछ।