Leviticus 5:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले पूजाहारीकहाँ पिठो ल्‍याओस्। पूजाहारीले जम्‍मै पिठो परमप्रभुलाई चढाएको चिन्‍हको रूपमा त्‍यसबाट एक मुट्ठी लिएर वेदीमाथि अन्‍नबलि चढाएर जलाओस्। त्‍यो पाप काट्‍ने बलि हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले त्‍यो पूजाहारीकहाँ ल्‍याओस्‌। अनि पूजाहारीले त्‍यसबाट सम्‍झना स्‍वरूप एक मुट्ठी लिएर परमप्रभुको निम्‍ति अग्‍निहोममाथि वेदीमा जलाऊन्‌। यो पापबलि हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले त्यो पुजारीकहाँ ल्याओस्, जसले त्यसबाट सम्झनाको भागका निम्ति एक मुठी लिएर याहवेहका निम्ति अग्निबलिको वेदीमाथि जलाओस्। यो पाप शुद्धीकरण बलि हो।
Nepali ERV (पवित्र बाइबल)
उसले त्यो पिठो पूजाहारीकहाँ ल्याओस् अनि पूजाहारीले त्यसबाट सम्झना स्वरूप एक मुठ्ठी पीठो निकालेर परमप्रभुको निम्ति अग्निहोममाथि वेदीमा जलाओस्। यो पापबलि हो।