Leviticus 5:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस प्रकारले मानिसको पापको लागि पूजाहारीले बलि चढाउने र त्‍यसले क्षमा पाउनेछ। अन्‍नबलि चढाउँदाजस्‍तै उब्रेको पीठो पूजाहारीको भाग हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले ती कुरामध्‍ये जुनसुकै पनि विषयमा पाप गरेको छ, पूजाहारीले त्‍यसको निम्‍ति प्रायश्‍चित गर्नेछन्, र त्‍यसलाई क्षमा हुनेछ। बाँकी रहेको भेटीचाहिँ अन्‍नबलिझैँ पूजाहारीको हुनेछ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस किसिमले पुजारीले त्यसका निम्ति यी पापहरूमध्ये कुनै पनि पापको लागि प्रायश्‍चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ। यसको बाँकी भाग अन्‍नबलिको समान पुजारीको हुनेछ।’ ”
Nepali ERV (पवित्र बाइबल)
यस प्रकार पूजाहारीले त्यस व्यक्तिलाई उसले गरेको पापबाट क्षमा गराउनेछन्। बाँकी रहेको अन्न चाँहि पूजाहारीको निम्ति अन्नबलि जस्तै हुन्छ।”