Leviticus 5:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि कसैले कुनै कुरामा सोच-विचार नगरी किरिया खायो भने जब त्यसलाई आफूले गरेको दोष थाहा हुन्छ, तब ऊ दोषी ठहरिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘कसैले विचार नगरी कुनै असल वा खराब कुरा गर्न मुखले शपथ खायो भने— जुनसुकै कुरामा मानिसले सोच-विचार नगरी शपथ खान्छ— त्यसबाट त्यो कुरो छिपे तापनि त्यसले त्यो थाहा पाएपछि त्यस्तो कुरामा त्यो दोषी ठहरिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अथवा कसैले असल वा खराब केही गर्छु भनेर सोचविचारै नगरी शपथ खायो वा असावधानी भएर कुनै कुरामा शपथ खायो भने, र त्यसलाई त्यसको बारेमा ज्ञानै भएन, तर पनि जब त्यसले त्यो कुरालाई महसुस गर्छ, तब त्यो दोषी ठहरिनेछ।
Nepali ERV (पवित्र बाइबल)
अथवा एकजना मानिसले केही राम्रो अथवा नराम्रो काम गर्ने प्रतिज्ञा गर्छ। उसले विचार अनि आफ्नो प्रतिज्ञा बिर्सन्छ। तर जब पछि उसले आफ्नो प्रतिज्ञाको सम्झना गर्छ, तब उसलाई दोषी ठहराइनेछ।