Leviticus 5:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती त्‍यसले पूजाहारीकहाँ टक्र्याउनेछ र पूजाहारीले पहिले पापबलिको लागि पंक्षी चढाउनेछ। पंक्षीको मुन्‍टो पूजाहारीले टाउको नचुँडाई भाँचिदेओस्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले पूजाहारीकहाँ ती ल्‍याओस्‌। तिनले एउटाचाहिँ पापबलिको निम्‍ति पहिले चढ़ाउनेछन्‌। त्‍यसले त्‍यसको घाँटीमा समातेर टाउको निमोठोस्, तर त्‍यसलाई चुँड़ाइ नहालोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले ती पुजारीकहाँ ल्याओस्, जसले पहिला एउटालाई पाप शुद्धीकरण बलिका निम्ति चढाउनेछ। त्यसले त्यसको शिरलाई नचुँडाइकन घाँटी निमोठोस्,
Nepali ERV (पवित्र बाइबल)
उसले त्यो ढुकुर अथवा परेवाको जोडी पूजाहारीकहाँ ल्याउनुपर्छ र पूजाहारीले एउटा चाँहि पहिले पापबलिको निम्ति चढाओस्। उसले त्यसको घाँटी अँठ्ठाएर टाउको निमोठोस तर त्यसलाई चुँढाई नहालोस्।