Leviticus 6:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब पूजाहारीले मिहिन सुती कपडाको लबेदा र छोटो सुरुवाल लाएर वेदीमा रहेको बोसोसहितको खरानी हटाएर वेदीको एक छेउमा राखोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूजाहारीले आफ्ना सूती कपड़ाका लुगा, सूती कपड़ाको भित्री वस्त्रसमेत आफ्नो शरीरमा लगाउनेछन्, र आगोले भस्म पारेको होमबलिको खरानीचाहिँ तिनले झिकेर वेदीनेर राख्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि पुजारीले आफ्ना सुतीका पोशाकहरू र भित्री सुती पोशाकहरू शरीरमा लगाओस्, र वेदीमा आगोले जलाएको होमबलिको खरानी निकालेर वेदीको छेउमा राखोस्।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीले आफ्नो पोशाक सूती कपडाको लगाओस्, सूतीको सुरूवाल पनि उसले भित्री पट्टि लगाओस् र होमबलिको भेटी वेदीमा जलाउँदा निस्केको खरानी हटाओस् र त्यसलाई वेदीको पछिल्तिर राखोस्।