Leviticus 6:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि त्‍यसले त्‍यो पिठो र तेल एक मुट्ठी लिएर सबै धूप परमप्रभुलाई चढाएको चिन्‍हको रूपमा वेदीमा डढाओस्। त्‍यस बलिको मीठो बास्‍नाले परमप्रभु खुसी हुनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूजाहारीले मुट्ठीभरि मसिनो पीठो र तेल र अन्‍नबलिको जम्‍मै धूप लिएर सम्‍झना स्‍वरूप भाग परमप्रभुको निम्‍ति मीठो बास्‍ना हुनलाई वेदीमा जलाऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीले एक मुठी मसिनो पिठो र केही जैतुनको तेल, र सबै धूपहरू त्यस अन्‍नबलिमाथि लिएर सम्झनाको भाग याहवेहलाई मनपर्ने बास्‍नाको रूपमा वेदीमाथि जलाओस्।
Nepali ERV (पवित्र बाइबल)
पूजाहरीले परमप्रभुलाई स्मारक भेटीको रूपमा चढाउन ल्याएको पीठो र तेलबाट एक मूठ्ठी पीठो सुगन्धित धूपसमेत लिनु पर्छ अनि वेदीमा जलाउनु पर्छ।