Leviticus 6:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[16-17] उब्रेको जति पूजाहारीहरूले खानेछन्। खमिर नमिलाई त्‍यसको रोटी बनाएर परमप्रभुको पवित्र पालको चोक, जो पवित्रस्‍थान हो, त्‍यहाँ खाऊन्। परमप्रभुले अन्‍नबलिबाट पूजाहारीको भाग छुट्ट्याएर त्‍यो तिनीहरूलाई दिनुभएको हो। त्‍यो पापबलि र दोषबलिजस्‍तै अति पवित्र छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाँकी रहेको चाहिँ हारून र तिनका छोराहरूले खाऊन्‌। तर एउटा पवित्र ठाउँमा खमिरविना त्‍यो खाइओस्‌। भेट हुने पालको चोकमा तिनीहरूले त्‍यो खाऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाँकी रहेको भाग हारून र त्यसका छोराहरूले खानेछन्। तर त्यो खमिरविना पवित्रस्थानमा समागम पालको आँगनमा खाइनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
“रहेको पीठो र तेल चाँहि हारून र उसका छोराहरूले खानु पर्छ। तिनीहरू त्यो पवित्र ठाउँमा खमीर नमिसाई खानु पर्छ। तिनीहरूले त्यो भेट हुने पालको आँगनमा खानुपर्छ।