Leviticus 6:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो सधैँभरि हारूनका सन्तानको कुनै पनि पुरुषले खानेछ। त्यो परमप्रभुलाई चढाएको भोजनबाट तिनीहरूले पाइरहने हिस्सा हो। अरू कसैले अन्नबलि छोयो भने त्यसको पवित्रताको शक्तिले त्यसलाई पिर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हारूनका सन्तानमा कुनै पनि पुरुषले त्यो खान सक्छ। परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने बलिहरूबाट तिनीहरूका सारा पुस्ताभरि यो तिनीहरूको हिस्सा होस्। त्यसलाई छोएको सबै थोक पवित्र हुन्छ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हारूनका सन्ततिमध्ये कुनै पनि पुरुषले त्यो खान सक्छ। याहवेहलाई अग्निबलिको रूपमा चढाइएका बलिहरूबाट त्यो तिनीहरूका आउने पुस्ताहरूका निम्ति नियमित भाग हो। जजसले यी बलिहरूलाई छुन्छन्, तिनीहरू पवित्र हुनेछन्। ’ ”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको अन्नबलिबाट हारूनको पुरूष सन्तानहरू मध्ये कसैले खानु सक्छ। यो नियम तिम्रो सन्तानहरूको निम्ति सँधैको लागि हो। यी भेटीहरू छोएर नै कोही पवित्र हुन्छ।”