Leviticus 6:25 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हारून र त्‍यसका छोराहरूलाई यसो भन्‌: ‘पापबलिका विधि यी नै हुन्‌: जुन ठाउँमा होमबलि मारिन्‍छ, त्‍यसै ठाउँमा परमप्रभुको सामुन्‍ने पापबलि मारिओस्‌। यो अति पवित्र हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हारून र त्यसका छोराहरूलाई यसो भन्: ‘पाप शुद्धीकरण बलिका नियमहरू यिनै हुन्: पाप शुद्धीकरण बलिलाई होमबलि मारिएको ठाउँमा याहवेहको सामु मारियोस्, त्यो अति पवित्र हो।
Nepali ERV (पवित्र बाइबल)
“हारून र तिनका छोराहरूलाई भन, यो पाप बलिको नियम हो, जुन ठाउँमा होमबलिको निम्ति परमप्रभुकोअघि मारिन्छ, त्यसै ठाउँमा पाप बलिको निम्ति पनि मारिनु पर्छ। यो अत्यन्तै पवित्र हो।