Leviticus 7:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साथै मानिस वा पशुसँग सम्बन्धित रीतिअनुसार कुनै अशुद्ध कुरो छोएर कसैले त्यो मासु खायो भने त्यसलाई परमेश्वरको जन मानिनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसैले मानिस वा अशुद्ध पशुको अशुद्धि वा अन्य कुनै घृणित कुरो छोएर परमप्रभुका मेलबलिको मासु खायो भने, त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरिओस्’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कसैले कुनै अशुद्ध कुरा छोयो भने चाहे त्यो मानिसको अशुद्धता अथवा अशुद्ध पशु वा कुनै घृणित कुरो होस्, त्यसले याहवेहका मेलबलिको भाग खायो भने त्यस व्यक्तिलाई समाजबाट बहिष्कार गरियोस्।’ ”
Nepali ERV (पवित्र बाइबल)
“जब कुनै मानिसले कुनै अशुद्ध चीज छुन्छ त्यो अशुद्धता मानिसको अथवा पशुको अथवा अन्य कुनै घृणित चीज होस् र मेलबलिको मासु खाए त्यसलाई त्यसको मानिसहरूबाट अलग गराउनुपर्छ।”