Leviticus 7:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफैं मरेको वा जङ्गली जनावरले मारेको पशुको बोसो नखानू, तर त्यसलाई अरू काममा चलाए हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफै मरेको र कुनै जङ्गली पशुहरूले फहराएर मारेको केही बस्तुभाउको बोसो अरू काममा प्रयोग गरे हुन्छ, तर कुनै रीतिले पनि तिमीहरूले त्यो नखानू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्राकृतिक रूपमा मरेको अथवा वन पशुहरूद्वारा मारिएको पशु भेट्टाइयो भने त्यसको बोसोलाई अरू काममा लगाउन सकिन्छ। तर तिमीहरूले चाहिँ त्यो खाँदै नखानू।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले आफैं मरेको पशु अथवा जंगली जानवरहरूले मारेको पशु अन्य कुनै काममा लाग्न सक्छ, तर तिमीहरूले खानु हुँदैन।