Leviticus 7:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्नै हातले बलि चढाउन ल्याओस्। त्यसले पशुको ह्याकुलो र बोसो ल्याएर परमप्रभुलाई विशेष भेटीको रूपमा चढाओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले परमप्रभुको निम्ति आगोद्वारा चढ़ाउने बलि आफ्नो हातले ल्याओस्। त्यसले बोसो, ह्याकुलोसमेत ल्याओस्, र ह्याकुलो परमप्रभुको सामु डोलाइने बलिको निम्ति डोलाओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले याहवेहका निम्ति अग्निबलिको भेटी आफ्नै हातले ल्याओस्। त्यसले बोसो ह्याकुलोसितै ल्याओस्; अनि त्यस ह्याकुलोलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचालिओस्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुलाई चढाउने भेटी आफ्नो हातमा लिएर परमप्रभुअघि छातीको ह्याकुलो बोसोसमेत डोलाउने बलिको रूपमा चढाउनुपर्छ।