Leviticus 8:20 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[20-21] तिनले साँढ-भेडालाई टुक्रैटुक्रा पारे, त्‍यसका भित्री अङ्गहरू र पछिल्‍ला खुट्टाहरू पानीले धोए र टाउको, बोसो र बाँकी साँढ-भेडा सबै परमप्रभुले आज्ञा गर्नुभएअनुसार वेदीमा जलाए। यो एउटा होमबलि हो र त्‍यसको बास्‍नाले परमप्रभुलाई खुसी पार्ने भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनले भेड़ालाई टुक्रा-टुक्रा पारेर काटे, र टाउको र ती टुक्राहरू बोसोसमेत जलाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले भेडालाई टुक्रा-टुक्रा पारी काटे; अनि टाउको, टुक्राहरू र बोसो जलाए।