Leviticus 8:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तिनले अखमिरी रोटीको डालोबाट परमप्रभुलाई अर्पण गरेको एउटा बाक्‍लो रोटी, तेलसित बनाएको एउटा रोटी र एउटा पातलो रोटी लिए अनि ती सबै बोसो र पछिल्‍लो दाहिने साँप्रोमाथि राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभुको सामुन्‍ने भएको अखमिरी रोटीको डालोबाट तिनले एउटा फुरौला, तेलमा मुछिएको एउटा रोटी र एउटा बाबर लिएर ती बोसो र दाहिने साँप्रोमाथि राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनले याहवेहको सामु राखिएको खमिर नमिसाइएको रोटीको टोकरीबाट एउटा बाक्लो रोटी र जैतुन तेल मिसाएर बनाएको एउटा बाक्लो रोटी र एउटा पातलो रोटी लिएर तिनले ती बोसोको भाग र दाहिने फिलामा हाले।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु अघि राखिएको खमीर रहित रोटीको डालोबाट उनले एउटा मोटो अखमीर रोटी, अर्को एउटा अखमीरे रोटी तेल मिसाएको र अखमीरे फुलौरो अनि तिनीहरूलाई बोसो र दाहिने तिघ्रामाथि राखे।