Leviticus 8:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मोशाले ह्याकुलो लिएर परमप्रभुलाई विशेष भेटी चढाए। त्‍योचाहिँ अभिषेकमा चढाइएका साँढ-भेडाबाट मोशाले पाउने हिस्‍सा थियो। मोशाले सबै कुरा परमप्रभुले आज्ञा गर्नुभएअनुसार गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले ह्याकुला पनि लिएर डोलाइने बलिको रूपमा परमप्रभुको सामुन्‍ने डोलाए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। त्‍योचाहिँ अर्पणको भेड़ाबाट मोशाको भाग भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले ह्‍याकुला लिए, जुनचाहिँ अर्पण गरिएको भेडाबाट उनको भाग थियो। अनि यसलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचाले र अर्पण गरे; जसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको आदेश अनुसार परमप्रभुमाथि ह्याकुलो विशेष उपहारको रूपमा हल्लाए। पूजाहारीहरूलाई नियुक्त गर्नका निम्ति यो मोशाको भेडाको भाग थियो।