Leviticus 8:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले केही तेल र वेदीमा रहेको रगत लिए र हारून र तिनका छोराहरू र तिनीहरूका वस्‍त्रमा छर्के। यसरी तिनले तिनीहरूलाई तिनका वस्‍त्रसमेत परमप्रभुलाई अर्पण गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशाले अभिषेकको केही तेल र वेदीमाथि भएको रगतबाट केही लिएर हारून र उनका लुगाहरूमा अनि उनका छोराहरू र उनका छोराहरूका लुगासमेतमा छर्के। यसरी तिनले हारूनलाई उनका लुगासमेत र उनका छोराहरूलाई उनीहरूका लुगासमेत पवित्र गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि मोशाले अभिषेक गर्ने तेलबाट केही तेल र वेदीबाट केही रगत लिए, र ती हारून र तिनका पोशाकहरूमाथि अनि तिनका छोराहरू र तिनीहरूका पोशाकहरूमाथि छर्के। यसरी तिनले हारूनलाई उनका पोशाकहरू, उनका छोराहरू र उनीहरूका पोशाकहरूसमेत पवित्र गरे।
Nepali ERV (पवित्र बाइबल)
तिनले केही अभिषेक गरेको तेल अनि रगत लिए जो वेदीमा थियो अनि त्यसलाई हारून र तिनका छोराहरू र तिनीहरूको लुगाहरूमाथि छर्के। यसरी तिनले हारून र तिनका छोराहरूसहित तिनीहरूका लुगाहरू सितै पवित्र पारे।