Leviticus 9:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अचानक परमप्रभुले आगोको मुस्‍लो पठाउनुभयो र त्‍यसले होमबलि र वेदीमा भएका सबै बोसो भस्‍म पार्‍यो। त्‍यो देखेर मानिसहरूले सोर उचाले र भूइँसम्‍म शिर झुकाएर ढोगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको सामुन्‍नेबाट आगो निस्‍केर वेदीमा रहेको होमबलि र बोसोलाई भस्‍म पार्‍यो। जब मानिसहरूले यो देखे, तब तिनीहरू खुशीले कराएर घोप्‍टो परेर लोटे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको उपस्थितिबाट आगो निस्केर आयो। अनि वेदीमाथि भएको होमबलि र बोसोको भागलाई भस्म पारिदियो। जब सबै मानिसहरूले त्यो देखे, तब तिनीहरू हर्षले चिच्याए, र घोप्टो परेर लोटे।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको सामुन्नेबाट आगो उत्पन्न भयो अनि वेदी माथिको होमबलि र बोसोलाई खरानी पार्यो। जब सबै मानिसहरूले यो देखे तिनीहरू कराए अनि आ-आफ्ना अनुहार भूइँतिर निहुराए।