Luke 1:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने तिनी प्रभु परमेश्वरको नजरमा ठूला मानिस हुनेछन्। तिनले दाखमद्य वा कुनै पनि मद्य खानेछैनन्। तिनी आमाको कोखमा हुँदा नै पवित्र आत्माले भरिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने तिनी परमप्रभुको सामुन्ने महान् हुनेछन्। तिनले दाखमद्य र अरू कुनै पनि मद्य कहिल्यै पिउनेछैनन्, र आफ्नी आमाको गर्भदेखि नै तिनी पवित्र आत्माले भरिपूर्ण हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि प्रभुको अगि तिनी महान् हुनेछन्। तिनले कहिल्यै पनि कुनै मद्यपान गर्नेछैनन्, र तिनी आमाको गर्भदेखि नै पवित्र आत्माले भरपूर हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको सामुन्ने यूहन्ना तिनी एकजना महान मानिस बनिनेछन्। तिनले दाखरस अथवा मदिरा कदापि लिने छैन। तिनको जन्मबाट नै तिनी पवित्र आत्माले भरिएको हुनेछन्।
Nepali Tamang 2011
तिग्दा भिसम थे परमप्रभुला ङाच्छापट्टि घ्रेन म्हि दोला। ओच्छे थेसे अङगुरला निङगुदेन खजिबै अर्गु ङ्य्होइबा स्हे आथुङ्। थे आमाला फोरी खमाहेन्सेन परमेश्वरला आत्मा थेदेन छ्याम तला।