Luke 1:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले भनेको कुरा ठीक समयमा पूरा हुनेछ। तर हेर, तिमीले मैले भनेको कुरालाई विश्‍वास नगरेकोले यो कुरा पूरा नहुञ्‍जेल तिमी बोल्‍न सक्‍नेछैनौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन दिनसम्‍म यी कुरा पूरा हुँदैनन्, तबसम्‍म तिमी गूँगो हुनेछौ र बोल्‍न सक्‍नेछैनौ, किनभने तिमीले मेरा वचनमाथि विश्‍वास गरेनौ, जुन वचन आफ्‍नो समयमा पूरा हुनेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब यो घटना पूरा नभएसम्म तिमी बोलीविहीन हुनेछौ, र बोल्न सक्नेछैनौ; किनकि आफ्नो ठिक समयमा पूरा हुन आउने मेरा वचनमा तिमीले विश्‍वास गरेनौ।”
Nepali ERV (पवित्र बाइबल)
अब सुन। यी कुराहरू पूरा नहुन्जेल सम्म तिमी लाटो हुनेछौ र बोल्न सक्नेछैनौ। किन? किनभने मैले भनेको कुराहरू जो आफ्नो समयमा सत्य हुनेछ तिमीले विश्वास गरेका छैर्नों।”
Nepali Tamang 2011
एसे ङाइ पाङ्बा ताम विश्‍वास आलबासे लमा चु ताम पूरा आततेधोना एसे ताम पाङ्‌आखम। तर चु ताम ततोःबा धुइरी तनोन तला” भिसी भिजी।