Luke 1:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जकरिया बाहिर आउँदा त उनी मानिसहरूसँग बोल्‍नै सकेनन्। त्‍यसो हुँदा तिनीहरूले मन्‍दिरभित्र उनले दर्शन पाए भन्‍ने कुरा थाहा पाए। उनले बोल्‍नै नसकेर बाहिर पर्खेर बसेका मानिसहरूलाई हातले इशारा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी बाहिर निस्‍केर आउँदा उनीहरूसँग बोल्‍नै सकेनन्‌ र तिनले मन्‍दिरमा दर्शन देखेछन्‌ भन्‍ने उनीहरूले बुझे। तिनले उनीहरूलाई इशारा गर्न लागे, अनि तिनी गूँगो भइरहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनी बाहिर आए, तब तिनी उनीहरूसँग बोल्न सकेनन्। तिनले मन्दिरमा दर्शन पाएछन् भनी मानिसहरूले महसुस गरे; किनकि तिनले उनीहरूलाई इशारा गरिरहे, तर बोल्न सकेनन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि जकरिया बाहिर आए, तर उनी बोल्न नसक्ने भएका थिए। उनी ती मानिसहरूका अघि देखा मात्र पर्न सक्थे। तब तिनीहरूले उनले मन्दिरभित्र केही दर्शन पाएको चाल पाए। उनले तिनीहरूसित इशारा मात्र गरिरहे अनि लाटा झैं बसिरहे।
Nepali Tamang 2011
थे परमेश्‍वरला मन्‍दिर न्‍हङ‍ग्‍याम मङग्‍यार थोन्‍सी खमा थेसे तिगै ताम पाङ्आखम्‍नी। थेतबासेलमा मङग्‍यार मुबा म्‍हिगदेसे थेसे तिगै म्राङ्जीनम भिसी म्‍हन्‍जी। जकरियासे थे म्‍हिगदेदा या लिप्‍बान ताम लबारी छ्‌याइजी। ओच्‍छे थे ताम पाङ्आखम्‍बाला आखम्‍बान तजी।