Luke 1:35 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्वर्गदूतले भने, “परमेश्वरको पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ। महान् परमेश्वरको शक्तिको छायाँ तिमीमाथिपर्नेछ। त्यसैकारण जन्मिनुहुने बालक पवित्र हुनुहुनेछ र परमेश्वरको पुत्र कहलाइनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्वर्गदूतले तिनलाई जवाफ दिएर भने, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
स्वर्गदूतले जवाफ दिए, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, र परमप्रधानको शक्तिले तिमीलाई छाया पार्नेछ। यसकारण जन्मनुहुने उहाँ, जो पवित्र हुनुहुन्छ, उहाँ परमेश्वरका पुत्र कहलाइनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
ती स्वर्गदूतले मरियमलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ अनि सर्वशक्तिमान परमेश्वरको शक्तिले तिमीलाई ढाकनेछ। यसकारणले जो जन्मनुहुन्छ उहाँ परमेश्वरको पुत्र कहलाइनु हुनेछ।
Nepali Tamang 2011
स्वर्गदूतसे मरियमदा “एथोरी परमेश्वरला आत्मा फेप्खला। ओच्छे एसे जम्मान भन्दा घ्रेन परमेश्वरला आत्माला शक्तिसे कोला न्हला। थेतबासेलमा थे कोलादा परमेश्वरला झा भिला।