Luke 1:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदिया क्षेत्रका राजा हेरोदको पालामा जकरिया नाउँ गरेका पूजाहारी थिए। उनी अबिया भन्ने पूजाहारी समूहका मानिस थिए। उनकी पत्नीको नाउँ एलीशिबा थियो र तिनीचाहिँ हारून कुलको पूजाहारीकी छोरी थिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदियाका राजा, हेरोदको पालोमा, अबियाका दलका जकरिया नाउँ भएका एक जना पूजाहारी थिए। तिनकी पत्नी हारून-वंशकी थिइन्। तिनको नाउँ एलीशिबा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदिया प्रदेशका राजा हेरोदको पालामा, अबीयाहका पुजारी समूहका जकरिया नाम भएका एक जना पुजारी थिए। उनकी पत्नी एलीशिबा पनि हारून वंशकी थिइन्।
Nepali ERV (पवित्र बाइबल)
यहूदामा हेरोदको शासन कालमा जकरिया नाउँ गरेका एकजना पूजाहारी थिए। जकरिया अबियाका पूजाहारी समूहका थिए। जकरियाकी पत्नी हारून वंशकी थिईन्। तिनको नाउँ इलीशिबा थियो।
Nepali Tamang 2011
यहूदिया य्हुल्साला हेरोद ग्लेला धुइरी अबिया भिबा समूहरी परमेश्वरला मन्दिररी पूजा लबा जकरिया भिबा म्हि मुबा। थेला म्रिङ एलीशिबाएनोन परमेश्वरला मन्दिररी पूजा लबा हारूनना वंशरी न्हबा मुबा।